news-details
अन्तरास्ट्रिय

Share this post!

रुसमा संक्रमित बढ्न थाले

रुसमा केही दिनयता कोरोना संक्रमित बढ्न थालेका छन्। शनिबारमात्रै १३ हजारभन्दा बढी संक्रमित फेला परेका हुन्। यससँगै रुसमा संक्रमितको संख्या ५२ लाख पुगेको छ। रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै संक्रमित एकै दिन भेटिएको बताएका छन्। गत फेबु्रअरी २ तारिखपछि अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित शनिबार भेटिएको हो। रुसको स्पुतनिक भी भ्याक्सिन अहिले थुप्रै देशमा लगाउन थालिएको छ।