news-details
समाचार

Share this post!

उपत्यकामा निषेधाज्ञा थपियोः  के-के खुल्ला गर्न मिल्छ ? 

काठमाडौं । उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । बिहान ७ बजेबाट रेष्टुरेन्टको ‘टेक–अवे’ सेवा खुल्ला गर्न पाइने । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् ।​  ​आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ । 

खाद्यान्न र डिपार्टमेन्ट स्टोर ११ बजेसम्म खोल्न पाइने

त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । ‘पुस्तक पसल पनि खोल्न पाउने निर्णय गरेका छौं’ प्रजिअ भट्टराईले भने–‘पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाइन्छ ।’​ 
उपत्यकामा ४ बजेबाट हार्डवेयर पसल खोल्न पाइने

काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । ‘ निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।