news-details
स्वास्थ्य

Share this post!

सुखद खबर, घट्न थाल्यो कोरोना संक्रमण 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् । यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् भने ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।