news-details
अन्तरास्ट्रिय

Share this post!

रहस्यमय हत्या : ६० जनाले हत्या स्वीकारे तर पत्ता लागेन असली हत्यारा

संसारमा कैयन् यस्ता हत्याकाण्डहरु छन् जो वर्षौँसम्म, अझ सधैंभरका लागि रहस्यरुपमा रहन्छन् र वास्तविक हत्यारा पत्ता लागेको छैन ।अमेरिकामा एउटा हत्याकाण्ड यस्तै रहस्यमय छ । उक्त हत्याकाण्ड ब्लाक दाहिला हत्याकाण्डको नामले चर्चित छ ।सन् १९४७ मा भएको यस घटनाले तत्कालीन अमेरिकालाई तरंगित बनाइदिएको थियो । यो हत्याकाण्डलाई अमेरिकाको लस एन्जल्सको सबैभन्दा पूरानो सुल्झिन नसकेको हत्याकाण्ड मध्येको एक मानिन्छ अमेरिकाको बोस्टनमा बस्ने ब्लाक दाहिला उपनामले चिनिने एलिजाबेथ शर्टको हत्या भयो । बेपत्ता भएको ५ दिनपछि सन् १९४७ को जनवरी १५ मा उनको लास फेला परेको थियो । त्यतिबेला उनको उमेर जम्मा २२ वर्षको थियो ।दर्दनाक त के थियो भने उनको लास कम्मरबाट आधा काटिएको थियो र शरीरका विभिन्न अंगमा गहिरो चोट थियो । धारिलो हतियारले मुखलाई कानसम्मै चिरिएको थियो ।सामान्यतया हत्याका धेरै घटनाहरुमा हत्याराले अपराध स्विकार गर्दैन तर एलिजाबेथ शर्टको हत्याको घटना निकै अनौठो भयो ।उक्त घटनाको प्रारम्भिक छानबिनकै क्रममा ६० जना मानिसले एलिजाबेथ शर्टको हत्या गरेको स्वीकार गरेका थिए । जसमा अधिकांश पुरुषहरु थिए । यद्यपि अनुसन्धानका क्रममा उनीहरु कसैको अपराध प्रमाणित भएन र सबैजना रिहा भए ।अहिलेसम्म ५ सय भन्दा धेरै व्यक्तिले उक्त हत्याकाण्डमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । तर अचम्मको कुरा त के छ भने त्यसरी हत्या गरेको स्वीकार गर्नेमध्ये कतिपय त सो हत्याकाण्ड हुँदा जन्मिएका पनि थिएनन् । त्यसैले आफूले हत्या गरेको झुटो बयान दिने कतिपय मानिसहरुमाथि घटनालाई गुमराहमा राख्ने अभियोगमा समेत मुद्दा चलाउनु परेको छ ।उक्त हत्याकाण्डमाथि विभिन्न पुस्तकहरु समेत लेखिसकिएका छन् । यो हत्याकाण्ड अमेरिकी इतिहासमै सबैभन्दा क्रूर र रहस्यमय हत्या अपराधमध्ये एक बनेको छ । टाइम म्यागेजिनले पनि यो हत्यालाई संसारकै सबैभन्दा रहस्यमय मामिलाको रुपमा सूचीबद्ध गरेको छ ।