news-details
खेलकुद

Share this post!

युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै

युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको लागि यो फाइदाको विषय छ । युरोकपअघि कोरोना संक्रमण भएका डिफेण्डर जाओ कान्सेको स्थानमा पोर्चुगलले डिएगो जालोटलाई राखेको छ ।