news-details
समाचार

Share this post!

बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

मोरङ । सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  रतुवामाई नगरपालिका(६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा-२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।