news-details
समाचार

Share this post!

यार्सागुम्बा टिप्न हिँडेका ६० जना बेपत्ता 

मनाङ । मनाङमा यार्सागुम्बा टिप्न हिँडेका ६० जना बेपत्ता भएका छन् । फू गाउँको लेकमा यार्सागुम्बा संकलन गर्न गएका १ सय १० मध्ये ६० जना सम्पर्कविहीन भएका मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए । उक्त क्षेत्रमा गत सोमबारदेखि पानी परेको पर्यै छ । डीएसपी खड्काका अनुसार उनीहरू गएको ठाउँमाथि हिमालमा हिमपात भएको र यार्सागुम्बा खोज्ने ठाउँमा पनि बाढी आएको छ । फू गाउँबाट दुई दिन लाग्ने लेकतिर उनीहरू गत १५ जेठमा गएका थिए । ‘१ सय १० जनामध्ये नामयुङ लेक गएका ५० जना मात्र सम्पर्कमा छन्’, खड्काले भने, ‘लघु लेक र कुलुङ लेक गएका ३०/३० जनाको अवस्था अज्ञात छ ।’ यो क्षेत्र समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा पर्छ ।