news-details
अर्थतन्त्र

Share this post!

कोरियामा रोजगारः ८ हजार नेपाली कामदार अझै प्रतीक्षामा

काठमाडौ ।  नेपाली श्रमिकको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरिया रोजगारी विगत १६ महिनादेखि रोकिएको छ। कोरिया सरकारले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेसँगै कोरिया जाने तयारीमा थिए भाषा पास गरेकाहरू   कोरिया सरकारले आइसिसी (भिसा दिएको भनेर जनाउने प्रमाणपत्र) जारी गरेको ९० दिनभित्र कोरिया प्रवेश गरिसक्नुपर्ने प्रावधान छ। तर प्रावधानमा उल्लेख भएभन्दा बढी समय बितिसकेकाले अब कोरिया जान पाइने नपाइनेमा नेपाली युवामा अन्योल छाएको छ।

काभ्रेपलाञ्चोकका अनिष कार्कीले रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा र सीप परीक्षण उत्तीर्ण गरेको १६ महिना बित्यो। ुकोरिया जाने प्रक्रियामा हुँदाहुँदै लकडाउनका कारण २०७७ फागुनदेखि हामी स्थगित परेर अन्योलमा छौं। तर, हालसम्म कोरिया जान पाएका छैनौं,ु उनले भने। पहिलो चरणको लकडाउन सुरु हुनुभन्दा पहिले नै सीप परीक्षामा समेत उत्तीर्ण भएर कोरियन रोजगारदाताले बोलाइसकेका अनिष जस्ता धेरैको अहिले चिन्तित छन्। 

कोरोनाका कारण लामो समयदेखि कोरियाबाट रोजगार सम्झौता पत्र (लेबर कन्ट्र्याक्ट) आइसकेका तथा बिदामा फर्किएका ९कमरेडहरू० कोरिया रोजगारीमा जान पाउने टुंगो लाग्न सकेको छैन। भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायत मुलुकबाट रोजगार अनुमति प्रणाली ९इपिएस० को भाषा परीक्षा पास गरेकाहरूलाई कोरिया सरकारले लगिरहेको छ। तर यो पटक नेपालबाट समन्वय अभावमा आफूहरू जान नपाए उनीहरूको ‍गुनासो छ। कोरिया जान सबै प्रक्रिया पूरा गरेर बसेका युवा बताउँछन्। कोरियाले अरु देशबाट कामदार लगिराखेको छ। तर नेपाल सरकारले कोरिया सरकारसँग समन्वय नगर्दा ८ हजार युवाको अवसर संकटमा परेको कार्कीको भनाइ छ। आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर कोरिया जाने वातावरण मिलाउनुपर्ने कार्कीको भनाइ छ।