news-details
समाचार

Share this post!

मध्यपुरका स्थानीयले नरगपालिकाको कार्यालय घेरे 

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका स्थानीय बासिन्दाहरुले नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । शुक्रबार वडा नम्बर ६ का स्थानीयहरुले नगरपालिका अगाडीको सडक लामो समयसम्म पनि स्तरउन्नती नभएको र हिलोले गर्दा वर्षायाममा समस्या भएको भन्दै विरोध गरेका हुन् । नगरपालिका रोडको बाटो बिगत लामो समयदेखि बर्षामा हिलाम्य र गर्मीमा घुलाम्य बनाई स्थानीयबासिन्दाहरूको स्वास्थ्य माथि खेलवाड गरेको उनीहरुको भनाई छ । कार्यालयभित्र आज बसिरहेको कार्यपालिका बैठकले सो बाटोलाई कालोपत्रे गर्न माग राख्दै  स्थानीयबासिन्दाहरूले स्वस्फूर्त रूपमा नगरपालिकामा तालाबन्दी र धर्ना बसेर बिरोध गरेका हुन् । स्विरः रामकृष्ण शंखदेवको फेसबुकबाट