news-details
समाचार

Share this post!

सिन्धुपाल्चोकका बाढी पीडितलाई चाँगुनारायण नगरपालिकाको सहयोग 

भक्तपुर ।  केही दिन अगाडी आएको बाढीले क्षति पुर्याएको सिन्धुपाल्चोक जिल्लाको दुई स्थानीय तहलाई चागुँनारायण नगरपालिकाले सहयोग गरेको छ । नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई ५ लाख गरी जम्मा  १५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख सोम प्रसाद मिश्रले जानकारी दिएका छन् । शनिबार प्रभावित क्षेत्रमै पुगेर सो सहयोग उपलब्ध गराएको हो । नगरसभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै उनले १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको मिश्रले जानकारी दिएका छन् । मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख मिश्रले जानकारी दिए ।