news-details
अन्तरास्ट्रिय

Share this post!

१८ वटा सवारीको एकै स्थानमा दुर्घटना

काठमाडौं। अमेरिकाको आलाबामामा राज्यमा एकैपटक १८ वटा सवारी साधन दुर्घटनामा पर्दा ९ जना बालिकासहित १० जनाको मृत्यु भएको छ। आँधीले प्रभावित भएको आलाबामा राज्यमा भएको सो दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो। मृत्यु हुनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका र एक २९ वर्षीय पुरूष छन्। एउटा कारमा रहेका ९ महिनाकी बालिका र उनका २९ वर्षीय बाबुको मृत्यु भएको छ।