news-details
समाचार

Share this post!

बलात्कार आरोपमा युवक पक्राउ

भक्तपुर। १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा काठमाडौंको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  बालिका बलात्कारको आरोपमा प्रहरीले धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई प्रहरीले नियन्त्रणमा लिएको हो । धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलीखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो । बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् । घटनाको थप अनुसन्धान भैरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी  डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।