news-details
समाचार

Share this post!

भोलिदेखि टुटल र पठाओ सेवा सञ्चालन हुने 

काठमाडौं । भोलि (मंगलबार) देखि राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले सेवा सञ्चालन गर्ने भएका छन्। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।