news-details
समाचार

Share this post!

चाँगुनारायण नगरपालिकाको ९ औं नगरसभा सुरु 

भक्तपुर । चाँगुनारायण नगरपालिकाको ९ औं नगरसभा सुरु भएको छ । यस आर्थिक वर्षमा नगरपालिकाको कुल बजेट एक अर्ब उनान्साठी करोड पचास लाख चौध हजार विनियोजित भएको गरेको थियो । मंगलबार नगरपालिकाको सभा हलमा सुरु भएको नगरसभामा विनियोजित बजेट मध्य ५५.३० प्रतिशत मात्र खर्च भएको उपप्रमुख विणा बास्तोलाले जानकारी दिइन् । जसमा जेठ मसान्तसम्म अठासी करोड एक्काईस लाख उनानब्बे हजार तीन सय एकतीस रुपैँया सड्चालिस पैसा मात्र खर्च भएको छ ।  उपप्रमुख बास्तोलाले जसमध्ये पुँजीगततर्फ विनियोजित नब्बे करोड पैतालिस लाख नब्बे हजार ०मा जेष्ठ मसान्तसम्म कुल उनान्चास करोड पाँच लाख एक हजार सात सय आठ रुपैया खर्च भएको छ बताइन् । यस वर्ष नगरपालिकाले  कुल ३.५ किमी सडक कालोपत्रे, , कि मि सडकहरु ग्राभेल भएका र २ कि मि बाटो ढलान गरेको छ  । १ वटा स्वास्थ्य चौकी भवन निर्माण र १ वटा सामुदायिक भवन निर्माण गरेको जानकारी दिएको छ  ।

चाँगुनारायण नगरपालिकाको फास्ट ट्र्याक निर्माण कार्य निरन्तर भईरहेको छ र आगामी आर्थिक वर्षमा समेत यस लाई निरन्तरताका लागि आवश्यक व्यवस्था गरिएको उपप्रमुख बास्तोलाले जानकारी दिइन् । चाँगुनारायण वडा नं ८ स्थित बोजिनी ड्याम बहुउद्देश्यीय खानेपानी आयोजनाको कार्य संघको विशेष आयोजना अन्तर्गत कार्य भई निर्माण कार्य अघि बढेको छ । चाँगुनारायण वडा नं ६ नगरकोट बसपार्कलाई आधुनिक बसपार्क निर्माणका लागि
७ करोडको योजना स्वीकृत भएको छ । विहिबार बस्ने नगरसभाले बजेट समेत सार्वजनिक गर्ने छ ।