news-details
अन्तरास्ट्रिय

Share this post!

बाइडेन प्रशासनले ल्याएको ‘फर द पिपुल’ विधेयक पारित भएन

डेमोक्र्याटले ल्याएको देशव्यापी रूपमा निर्वाचनसम्बन्धी नियम लागू गर्ने व्यवस्थासहितको विधेयक अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले रोकेका छन्।राष्ट्रपति जो बाइडेनको उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयकको पक्ष र विपक्षमा ५०–५० मत परेको थियो। १०० सिट रहेको सिनेटमा विधेयक पारित हुन ६० मत चाहिन्छ। सन् १९६५ को भोटिङ्ग राइट एक्टपछिको सबैभन्दा विस्तारित र मताधिकार सुनिश्चित गर्ने व्यवस्था विधेयकमा रहेको डेमोक्र्याटको तर्क छ।