Share this post!
ललितपुर । महालक्ष्मी नगरपालिकाको ललितपुरको दसौं नगरसभाको सुरु भएको छ । नगरसभाको बैठकमा नगर प्रमुख रामेश्वर श्रेष्ठद्धारा पेस भएको आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मतिले पारित भएको छ । त्यसैगरी उपप्रमुख निर्मला थापाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राजश्व तथा व्ययको अनुमान र न्यायिक समितिको प्रतिवेदन २०७८ सभा समक्ष पेस गरेक् थिइन् । सभा सदस्य श्री लक्ष्मण रोक्काले आर्थिक विधेयक २०७८ सभा समक्ष पेस गरेका थिए । बैठकमा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलको समेत उपस्थिती रहेको थियो । सभाको आगामी बैठक मिति २०७८ असार १० गते ११ बजे बस्ने गरी बोलाइएको छ ।