news-details
अन्तरास्ट्रिय

Share this post!

सरकारी सेनाको हमलामा ६० जनाको मृत्यु

उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको टोगोगा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको दाबी गर्दै 'आतङ्कवादी'हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ।टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए। इथियोपिया सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौंको मृत्यु भएको छ।