news-details
अन्तरास्ट्रिय

Share this post!

आमाको कर्तूत : समलिंगी छोरीलाई शुक्रकिटको सुई

आमा छोरीको एक जोडीका कारण बेलायतको एक रियालिटी टेलिभिजन शो निकै चर्चामा छ ।एसमदर्ड नामक उक्त टिभी शो को तेश्रो संस्करण सुरु भैसकेको छ र कार्यक्रमका सामग्री र सहभागीहरुका कारण यो निकै विवादित पनि बनिरहेको छ ।यो कार्यक्रममा आमा छोरीका त्यस्ता जोडीहरुलाई प्रस्तुत गरिन्छ जो एक अर्कासँग निकै नजिक छन् ।तर यस पटक एसमदर्ड शो एक समलिंगी जोडी र उनकी आमाका कारण निकै चर्चामा छ ।वास्तवमा कार्यक्रमको एक प्रोमोमा लरेन नामक महिलाले आफ्नी आमाको कारणले आफूले निकै अनौठो स्थितिको सामना गर्नुपरेको बताएकी छिन् ।लरेनकी आमालाई जब आफ्नी छोरी लेस्बियन भएको कारण बच्चा जन्माउने रुची नदेखाएको थाहा हुन्छ तब उनले छोरीलाई शुक्रकिटको सुई लगाइदिन्छिन् ।लरेनका अनुसार उनकी आमाले प्रायः आफूलाई नाति नातिना हेर्ने र उनीहरुसँग खेल्ने रहर रहेको बताउँथिन् । आमासँग सधैजसो यसै बारेमा छलफल हुन्थ्यो । सायद त्यस्तै छलफलका क्रममा आमाले लरेन लेस्बियन भएको पत्तो पाइन् र उनको मनमा शुक्रकिटको सुई लगाइदिने आइडियो आयो ।लरेनले अनुसार आमाले त्यसरी शुक्रकिटको इन्जेक्सन लगाइदिएको कुरा उनको पार्टनरलाई थाहा भएन । संयोगवस उनलाई त्यो इन्जेक्सनले स्वास्थ्यमा असर पनि गरेन ।लरेनकी समलिंगी पार्टनर लारा पनि लरेनकी आमा छोरीको आत्मीयता देख्दा आफू छक्क परेको र आफुलाई दुईजना महिलासँग बिहे गरेको जस्तो भान हुने बताउँछिन् ।उनी भन्छिन्, ‘मलाई कहिलेकाहीँ त यस्तो लाग्दछ कि म लरेन र उनकी आमासँग समेत संसर्गमा आइसकेको छु । आफूलाई पोलिगेमिष्ट ९धेरै पत्नी हुने० सम्बन्धमा भएझैँ लाग्छ ।