news-details
अन्तरास्ट्रिय

Share this post!

मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्। सो घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरू धेरै भवनको भग्नावशेष भित्र पुरिएका छन्। मायामी डेडकी मेयर डेनियला लेभिन-काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन्। बेपत्ता हुनेमा पाराग्वेकी प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान समेत छन्।