news-details
अन्तरास्ट्रिय

Share this post!

हातैले बनाइएको संसारकै ठूलो किताब 

उत्तरी हंगरीको सिनपेत्रीमा बसोबास गर्ने बेला वर्गले हातैले बनाएको किताब संसारकै ठूलो किताब भएको दाबी गरेका छन् । ७१ वर्षका बेलाले किताब बनाउनका लागि किताब बाइन्ड गर्ने पुरानो तरिका अपनाएका छन् । ४ दशमलव १८ मिटर लामो र ३ दशमलव ७७ मिटर चौडा भएको यो किताबमा ३४६ पाना छन् ।१ हजार ४ सय २० किलोग्राम तौल भएको यो किताबमा उक्त इलाकाका वातावरण, गुफा र भूभागको संरचनाबारे जानकारी दिइएको छ । बेलाका अनुसार उक्त किताब आफ्नो आकारका साथै यसको निर्माणमा प्रयोग भएको तरिकाका कारण पनि चर्चामा छ ।यसका लागि काठको टेबल र अर्जेन्टिनाबाट मगाएको गाइको छाला प्रयोग गरिएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउनका लागि यसको एउटा सानो कपी पनि तयार गरिएको छ । यसको तौल ११ किलोग्राम छ ।