Share this post!
काठमाडौं । नेपालमा थप २,०१६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।पछिल्लो २४ घण्टामा ९,८१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,८०६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।कुल परीक्षणको २०.५ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा ४,९१४ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित झन्डै ९२ प्रतिशत पुगेका छन्। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९७५ पुगेको छ।