news-details
राजनीति

Share this post!

तरुण दलका हस्ती नै एमालेमा प्रवेश गरे 

काठमाडौँ । नेपाली कांग्रेसका दुई नेतासहित दर्जनबढी युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन । ती युवाहरूलाई नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ नेपालको कार्यालयमा भएको कार्यक्रममा युवा संघका अध्यक्ष किरण पौडेल लगायतको उपस्थितिमा नेता बस्नेतले सिन्धुली जिल्लाको कमलामार्इ नगरपालिका स्थायी घर भएका तरूण दलका नेताद्धय राजु चौलागाई र इश्वर थापा मगर लगायत अन्य दर्जन युवालाई एमाले प्रवेश गरेका हुन्  । चौलाइगाई र थापा सिन्धुली कांग्रेसमा प्रभावशाली युवा नेता हुन् । कार्यक्रममा नेता बस्नेतले युवाहरूलाई जिम्मेवारी दिएर अघि बढाइने र अन्य पार्टीमा युवाहरूको वितृष्णा रहेको भए पनि एमालेमा त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए । Photo- FB