news-details
समाचार

Share this post!

जोर बिजोर गरेर बस चलाउन दिने तयारी 

काठमाडौं । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जोर बिजोर गरेर बस चलाउन दिने तयारी गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ । यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले  जानकारी दिए ।  केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ । सार्वजनिक सवारी जोर बिजोर प्रणालीबाट सञ्चालन गर्नेबारे हाम्रो जिल्लामा छलफल भएको छ । के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । कोरोना संक्रमणदर केही कम भएपछि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई अझै खुकुलो बनाएर जाने तयारी थालेका छन् । भोलि बिहान १० बजेपछि निर्णय गर्ने कुरा भएको स्रोतले जानकारी दिएको छ ।