news-details
स्वास्थ्य

Share this post!

 भक्तपुर क्यान्सर अस्पताल संस्थान गठन हुन लागेकोमा स्वागत

भक्तपुर । सरकारले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान गठन गरेर त्यसमा भक्तपुर क्यान्सर अस्पताललाई राख्न खोजेपछि कर्मचारीहरुले स्वागत गरेका छन् ।आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सो अध्ययन संस्थान मातहत ल्याउन लागेको प्रति कर्मचारी संगठनले ध्यान आकर्षण भएको जनाएको छ । आइतबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका शिवराम ध्वुख्वाले एक विज्ञप्ति जारी गर्दै सरकारको सो कदमलाई स्वागत गर्ने उल्लेख गरेका छन् ।