news-details
स्वास्थ्य

Share this post!

नेपालमा अहिलेसम्म कोरोनाबाट ९ हजारको मृत्यु 

काठमाडौं । नेपालमा थप १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण र ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।पछिल्लो २४ घण्टामा ९ हजार ८३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बताए।सो अवधिमा ३,००७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको विवरण छ। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६५ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ९ पुगेको छ। अहिले देशभरिका ५०० भन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या घटेर २७ वटा रहेका छन।