Share this post!
काठमाडौं । धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।
भोलि मंगलबार कर्णाली प्रदेशका ९ जिल्लामा सार्वजनिक विदा दिइएको छ । सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जुम्ला जिल्ला बाहेकका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको छ।
गत वैशाख १ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषदले धान दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशमा हालसम्म झण्डै ५० प्रतिशत रोपाइ सकिएको छ। जेठ अन्तिम सातादेखि रोपाइँ गर्न शुरु भएको र हाल सम्म झण्डै ५० प्रतिशत जति कर्णालीमा रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।