news-details
समाचार

Share this post!

कर्णाली राजमार्गको नाग्मा–गमगढी सडक अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको हिमा गाँउपालिका-६ पातरखोला च्यानडाँडामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको नाग्मा–मुगु सडकखण्डमा माथिबाट सुख्खा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । सुख्खा पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको खबर प्राप्त भएकाले प्रहरी परिचालन गरेर बाटो खुलाउने काम भइरहेको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्द्र ठकुरीले जानकारी दिए । ‘आज बिहान पहिरो जाँदा सडक अबरुद्ध भएको छ,’ उनले भने, ‘खुलाउने प्रयास जारी रहेको छ ।’