news-details
समाचार

Share this post!

सीडीओ पोखरेल राहत बोकेर बस्तीमा पुगे 

सिन्धुपाल्चोक । जिल्लाको अन्तिम बस्ती रहेको जुगलगाउँपालिकाको टिम्बुथानको अनुगमनमा जिल्ला विपद् व्यवस्थापन समितिको टोली पुगेको छ ।  विभिन्न ठाउँमा गएको बाढीपहिरोका कारण टिम्बुथान जाने सडक सञ्जाल टुटेपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० अरुण पोखरेलको टोली हेलिकोप्टमार्फत सोमबार टिम्बुथान पुगेको हो । नेपाली सेना र नेपाल प्रहरीसहित टिम्बुथान पुगेका सीडीओ पोखरेलको टोली टिम्बुथानवासीका लागि खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्री हस्तान्तरण गरेका थिए । जुगलहिमालसँगै जोडिएको टिम्बुथान शेर्पाहरूको बस्ती हो । उनीहरूको मुख्य पेसा चौँरीपालन हो । अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने सात जना सडक सञ्जाल अवरुद्ध भएपछि गाउँमै अड्किएका थिए । उनीहरूलाई समेत सेनाकै हेलिकोप्टरबाट सिन्धुपाल्चोक सदरमुकाम ल्याइएको सीडीओ पोखरेलले बताए । सरकारी स्तरबाट टिम्बुस्थानको अनुगमनमा सीडीओसहित सुरक्षा अधिकारी पुगेको यो नै पहिलो पटक हो । टिम्बुवासीको दयनीय आर्थिक अवस्था देखेर सीडीओ पोखरेलले व्यक्तिगत रूपमा समेत केही नगद रकम सहयोग गरे । उनले खाद्यान्न सामग्रीसमेत आफैँले बोकेर पीडितलाई हस्तान्तण गरे ।