news-details
समाचार

Share this post!

साँफे-मार्तडी सडक तीन सातापछि खुल्यो

अछाम । पहिरोका कारण जेठको अन्तिम साताबाट अवरुद्ध बनेको बाजुराको सदरमुकम मार्तडी जोड्ने सडक झन्डै तीन सातापछि सञ्चालनमा आएको छ ।बुढीगंगा नगरपालिका-१ उमकोटमा गएको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । बाटो पूर्ण रुपमा बनाउँन कठिन भएकाले अहिले ट्याक्टर र साना गाडीहरू मात्र सञ्चालनमा आएका छन् । सडकखण्ड अन्तर्गत पर्ने दवारीदेखि वल्देसम्मको सडकमा पहिरो गएपछि तराईका जिल्लासँग बाजुराको सडक सम्पर्क विच्छेद भएको थियो । स्काभेटरले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।