Share this post!
भक्तपुर । चाँगुनारायण नगरपालिकाले बाख्रा पालन गर्ने किसानहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । बुुधबार नगरपालिकाको पशुु विकाश शाखाको संयोजनमा प्रजननकालागि बोयर बोका वितरण नगरिएको नगरपालिकाले जानकारी दिएको छ । नगर उपप्रमुख विना बास्तोलाको प्रमुख आतिथ्यतामा वडा नं १ देखि ९ का ९ जना वासिन्दा तथा भक्तपुर बहिरा संघ लाई १ र व्यवसायिक फार्मलाई ४ गरी १४ थान बोयर बोका पशु विकाश शाखाले वितरण गरेको हो । सातौं नगरसभाले उक्त कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।