news-details
मनोरन्जन

Share this post!

मुम्बइमा जम्दै नेपालकी अदिती बुढाथोकी 

काठमाडौं । नायिका अदिती वुढाथोकी मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् । नेपालको पूर्वी जिल्लामा जन्मिएर काठमाडौंमा नै हुर्किएकी अदिती नेपाली चलचित्र क्षेत्रमा भन्दा अगाडि नै मुम्बइको रंगिन दुनियाँमा सपना देखेर अगाडि बढिसकेकी थिइन् । सामाजिक संजाल इन्स्टाग्राममा १४ लाख फ्यान कमाएकी यी सुन्दरीले भारतमा रहेर मोडलिङ र भिडियोमा अभिनय गरिरहेकी छिन् । हिन्दी, पंजाबी गीतका भिडियोमा अभिनय गरेकी यी नायिकाको सफलताको कथा आफैमा रोचक छ । नेपालबाट मुम्बई पुगेर कला क्षेत्रमा जम्ने सपना धेरै यूवायूवतीहरुले देख्ने गरेका छन् । अदितीले चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् । यो चलचित्रले उनलाई चर्चित त बनायो तर सफलता दिलाएन । तर, पनि उनलाई खासै फरक भने परेन । यसपछि, उनले केही बर्षको ब्रेकअपछि आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’मा काम गरिरहेकी छिन् । नेपाली चलचित्र र भारतका केही म्यूजिक भिडियोमा एकसाथ काम गरिरहेकी उनी विभिन्न प्रोडक्सन हाउससँग पनि जोडिएकी छिन् ।