news-details
समाचार

Share this post!

पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि खसेको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्म करिब ७२ किलोमिटरभित्र विभिन्न ठाउँमा पहिरोले बाटो छेकेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलानजिक पहिरो खसेको छ । ब्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पनि पहिरोले बाटो अवरुद्ध पारेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । पहिरोले थुनेको बाटो खुलाउन बिहान ३ बजेदेखि प्रयास भइरहेको उनले बताए । बन्दिपुर गाउँपालिकामा पनि पहिरो खस्दा बाटो थुनिएको छ । बन्दिपुर–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो खसेको हो ।