news-details
समाचार

Share this post!

आजदेखि आन्तरिक हवाइ उडान सुरु

काठमाडौं । बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन् । गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन् । त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् । बिहीबार बिहानैदेखि चार उडान कम्पनीले उडान शुरु गरिसकेका छन् । ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका हुन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।