news-details
मनोरन्जन

Share this post!

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु 

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह

काठमाडौं ।  बन्दाबन्दीकोबीच चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् । चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।  यो चलिचत्र नेपालमा भने दशैं र तिहारको विचमा रिलिज हुुनेछ। बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन मगरको अभिनय छ ।