news-details
राजनीति

Share this post!

एमालेका जनप्रतिनिधिको दवाबः शिर्ष नेताहरुलाई मिल्न आग्रह 

काठमाडौँ ।  नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव दिदै काठमाडौँको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् ।शनिबार चन्द्रागिरिका एमालेतर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।प्लाकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलिय जनवाद जिन्दवाद लगाएत लेखिएका प्लाकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अब मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगाएतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए । चन्द्रागिरि नगरपालिका वडा नंवर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउन दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताए ।उनीहरुले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन् ।