news-details
समाचार

Share this post!

प्रेस चौतारीद्धारा स्वास्थ्य सामाग्री वितरण

भक्तपुर । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकारहरु स्वास्थ्य सामाग्री वितरण गरेको छ । 
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा सक्रिय चौतारी निकट पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिएका छन् । चौतारी केन्द्र र मानविय आस्था नेपाल, भक्तपुरको सहयोगमा प्राप्त मास्क, सेनेटाइजर र फेस सिल्ड वितरण गरिएको हो । सो अवसरमा नेकपा एमाले भक्तपुरका जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले कोरोनाको महामारी स्वास्थ्य सामाग्री वितरण हुदाँ पत्रकारहरुलाई संक्रमणबाट जोगिन सहयोग पुग्ने बताए ।