news-details
समाचार

Share this post!

भक्तपुरमा लडेर महिलाको मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना महिलाको लडेर मृत्यृ भएको छ । शनिबार राती मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थली रमाईलो चोक रहेको राजु श्रेष्ठको ४ तले निर्माणाधिन बस्दै आएकी महिलाको मृत्यु भएको हो । घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेका जिल्ला सिन्धुली दुधौली घर भएका राम कुमार सदा, श्रीमती लिला सदाको लडेर मृत्युु भएको प्रहरीले जानकारी दिएको छ । बेलुकाको खाना खाएर लिला छतमा सुत्न जान्छु भनि गएकोमा निर्माणाधिन घरको रेलिङ नभएको तेस्रो तलाको भ¥याङबाट अचानक भुईतलामा खस्न गई घटनास्थलमा नै मृत्यु भएको जानकारी प्रहरीलाई दिएको छ । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि गई घटनास्थल लाश जाँच प्रकृति मुचुल्का गरेको छ । शव पोष्‍टमार्टमका लागि  के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाईएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।