news-details
समाचार

Share this post!

पृथ्वी राजमार्ग भासियो 

काठमाडौं । पृथ्वी राजमार्गमा दुई सयभन्दा बढी साना-ठूला पहिरा गएका छन् । गत बुधबारदेखि परेको पानीले पहिरो झर्दा ठाउँ-ठाउँमा सडक अवरूद्ध भइरहेको छ भने हजारौं यात्रुले सास्ती पाएका छन्। पृथ्वी राजमार्गकै बेनीघाट-रोलाङ गाउँपालिका वडा नम्बर १० मा पहिरोले ना ८ ख ४५४० नम्बरको ट्रक पुर्दा शनिबार सहचालक चितवन भण्डाराका वीरबल प्रजाको मृत्यु भयो। अर्का एक घाइते छन्। पहिरोले ५ सवारी साधनमा क्षति पुगेको थियो। पहिरो र विभिन्न ठाउँमा सडक भासिँदा पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडकमा यात्रुले केही दिनयता दुस्ख पाएका छन्। पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।