news-details
समाचार

Share this post!

 बेपत्ता युवतीको शव भेटियोः हत्या भएको भन्दै राजमार्ग अवरुद्ध

चितवन । ९ दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार सााझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भन्दै आफन्तले सनाखत गरिसकेका छन् । भण्डारीकी दिदी र भाइ आएर हेरेका थिए । लगाएको कपडा र दाात हेरेपछि शव सुजिताकै भएको उनीहरूले बताएका छन्,’ उप्रेतीले भने । आफन्तका अनुसार बेपत्ता हुनुअघि सविताले आत्तिादै परिवार सदस्यलाई सम्पर्क गरेकी थिइन् ।

उनको घरदेखि झन्डै एक किलोमिटर नजिकै मार्तल खोला चोकभन्दा उत्तरतिरको जंगलमा शव भेटिएको हो । चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए ।  घटनामा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै एसपी अधिकारीले शव पोस्टमार्टमको तयारी भइरहेको जानकारी दिए ।