news-details
अर्थतन्त्र

Share this post!

कोकाकोलाको उपाध्यक्षमा देवयानी राणा

काठमाडौं । कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ । कोकाकोलाले राणालाई भारत र दक्षिण-पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो । यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए ।