news-details
राजनीति

Share this post!

मुख्यमन्त्रीबाट ‘उपहार’ गाडी कांग्रेस नेताले  फिर्ता गरे

सुुर्खेत । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट उपहार पाएको सरकारी गाडी फिर्ता गरेका छन् । आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीले कांग्रेस नेता शाहीलाई बा २ झ ५७९३ नम्बरको प्राडो निजी नम्बर प्लेटमा राख्न लगाएर उपहार स्वरुप दिएका थिए । सञ्चारमाध्यममा प्राडो ''उपहार दिएको'' समाचार आएपछि कांग्रेस नेता शाहीले मुख्यमन्त्री शाहीलाई गाडी फिर्ता गरेको शाहीको सचिवालयले जनाएको छ ।

नेता शाहीले फिर्ता गरेको गाडी सर्भिसिङका लागि काठमाडौं लगिएको विद्युत् प्राधिकरणको गाडी भएकाले फिर्ता गर्ने विषयमा छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । ‘गाडी विद्युत् प्राधिकरणलाई फिर्ता गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘सायद प्राधिकरणलाई बुझाउँछौँ ।’मुख्यमन्त्री शाही उर्जामन्त्री बनेका बेला विद्युत प्राधिकरणको बा २ झ ५७९३ नम्बर प्राडो गाडी लिएका थिए । सरकारी गाडी नबुझाएर मुख्यमन्त्री शाही आफैसँग राख्दै आएका छन् ।