news-details
समाचार

Share this post!

भक्तपुरको जंगलमा पुरुषको शव भेटियो 

भक्तपुर । सूूर्यविनायक नगरपालिका–१, सिरूटारस्थित चमेली वनमा शंकास्पद अवस्थामा पुरूषको शव फेला परेको छ। बायाँ हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जंगलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।  महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरूषको शव जंगलमा आइतबार भेटिएको प्रहरीले आज जानकारी दिएको छ। अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो। पहिचान भने भएको छैन। शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरू गरेको छ।