news-details
समाचार

Share this post!

निर्वाचनको प्रक्रिया सुरुः असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ता 

काठमाडौं । निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो । सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्याक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो । ​आयोगले राजनीतिक दलहरुलाई स्वीकृति प्रदान गरिएको सूची साउन १६ गते देखि २३ गतेसम्म राजपत्रमा प्रकाशित गर्ने जनाएको छ ।