Share this post!
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरमा सरुवा भई आएका कार्यालय प्रमुखले कार्यभार सम्हालेका छन् । प्रहरी उपरीक्षक शिव कुमार श्रेष्ठ नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी अपराध अनुसन्धान शाखाबाट महानगरीय प्रहरी परिसर, भक्तपुरमा सुरुवा भई आएका थिए । त्यस अगाडीकी एसपी तारादेवी थापाको सरुवा प्रहरी प्रधानकार्यालयमा भएको छ । सामान्यतया प्रहरी एक वर्षमा उच्च तहका अधिकारीहरुको सरुवा हुर्दै आएको छ ।