news-details
समाचार

Share this post!

हत्याको आरोपमा ३ जना पक्राउ 

काठमाडौँ । जिल्लाको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ । आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो । हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको दामन घर भएका २५ वर्षीय मनोज दोङ र साहिल गोपाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर हत्याबारे जानकारी गराएको छ । ‘धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने–‘३ जना मिलेर घाँटी र ढाडमा चक्कु प्रहार गरेको खुलेको छ ।’ चक्कु प्रहारबाट गम्भीर घाइते भएका शाहको उपचारको क्रममा असार २१ मा ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।​ आरोपीहरूलाई ज्यान सम्बन्धी कसुरमा  म्याद लिएर महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।