news-details
अन्तरास्ट्रिय

Share this post!

ट्वाइलेट बसेको बेला छिमेकीको अजिंगरले यौनांगमै हिर्काएपछि

काठमाडौं । एकजना व्यक्तिलाई आफ्नै घरको ट्वाइलेटमा दिसा गरिरहेको बेला एकाबिहानै छिमेकीको अजिंगरले यौनांगमै आक्रमण गरेको छ । यो घटना युरोपेली मुलुक अष्ट्रियाको ग्राज सहरमा भएको हो ।सोमबार भएको उक्त घटनामा ती ६५ वर्षीय व्यक्तिलाई छिमेकीले पालेको १.६ मिटर लामो अजिंगरले आक्रमण गरेको हो ।सोमबार बिहान उनी उठेर आफ्नै घरको ट्वाइलेटमा दिसा गर्न बसेका मात्र के थिए यौनांगमा एक्कासी दुखाइ महसुस भयो ।जब उनले मुन्टो निहुराएर ट्वाइलेटको कमोडमा हेरे उनको सातोपुत्लो गयो । त्यहाँ त एउटा अजंगको अजिंगर थियो ।ती वृद्धका छिमेकी एक २४ वर्षीय युवकले आफ्नो अपार्टमेन्टमा पालेको अजिंगर थियो त्यो । आफ्नो घरबाट भागेर त्यो अजिंगर छिमेकी वृद्धकोमा आएर ट्वाइलेटको कमोडभित्र छिरेको रहेछ । स्टाइरिया प्रान्तस्थित प्रहरीले चाहिं ढलमार्ग हुँदै उक्त अजिंगर आफ्नो घरबाट भागेको र छिमेकीको ट्वाइलेटसम्म आइपुगेको अनुमान गरेको छ ।आफ्नो यौनांगमा अजिंगरले हिर्काएपछि ती वृद्धले तत्कालै पुलिसलाई खबर गरेका थिए । पुलिससँगै उद्धारकर्मीहरु पनि त्यहाँ पुगे । अजिंगरलाई तत्कालै कमोडबाट निकालेर सफा गरियो र अजिंगरधनी युवकको जिम्मा लगाइयो ।अनुसन्धानको क्रममा ती युवकले सो अजिंगर लगायत ११ वटा विषालु नहुने सर्पहरु तथा एउटा छेपारो समेत आफ्नो अपार्टमेनटमा पालेको पाइएको छ । उनीमाथि लापरवाही गरेर अरुको शरीरमा हानी पुर्याएको अभियोगमा अनुसन्धान भैरहेको छ ।ट्वाइलेटमा अजिंगरको आक्रमणमा परेका ६५ वर्षीय वृद्धको यौनांगमा चाहिं हल्का घाउ मात्र बनेको छ ।