news-details
समाज

Share this post!

यस्तो आयो सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट

चितवन । जिल्लाको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको मृत्युको कारण ‘चोट पटक’ नभएको पोष्टमार्टमबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा सुजिताको शवका पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमबाट शरीरमा शरीरमा चोटपटक नदेखिएको चिकित्सकहरुले बताएका हुन् । ​पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी छ । अनुसन्धानमा संलग्न प्रहरीलाई चिकित्सकले शरीरमा ठुलो चोट नभएको तर, बायाँ हातमा ब्लेडले काटेको सामान्य चोट देखिएको जानकारी दिएका छन् । ब्लेडको चोट मृत्युको कारण नभएको चिकित्सकहरूको निष्कर्ष छ ।

पोष्टमार्टमबाट सुजिताको ‘हाइमिन नच्यातिएको’ भेटिएको छ । ‘हाइमिन नच्यातिएको’ रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ । भि–सेरा परीक्षणका लागी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०मा पठाइएको केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिएका छन् । भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्छ । थप रिर्पोट केही दिनमा आउने छ ।