news-details
समाचार

Share this post!

दुर्घटनामा  एक जनाको मृत्यु

मकवानपुर । हेटौंडामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मोटरसाइकल दुर्घटना हुँदा कार्की घाइते भएका थिए । घाइते कार्कीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।