news-details
समाचार

Share this post!

अनुदानको एम्बुलेन्स झाडीमा थन्कियो

 वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका-४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो । एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सलाई झाडी र लहराले ढाक्न थालेको छ । ‘तपाइर्ंको सेवा हाम्रो धर्म’ नारा लेखिएको एम्बुलेन्स मर्मत सेवा नपाउँदा थन्किएको स्थानीय बताउँछन् । स्थानीय तहको निर्वाचन हुनुअघि नै भारतीय महावाणिज्य दूतावासले निर्मल बस्ती स्वास्थ्य चौकीका लागि एम्बुलेन्स अनुदान सहयोग गरेको थियो । केही वर्ष एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाए ।गाउँपालिकाले मर्मत गर्न चासा नदिएकोले एम्बुलेन्स थन्किएको स्थानीयको दाबी छ । जिराभवनी गाउँपालिकाका अजगैबीनाथ गौरो विजय बस्तीमा ८ वर्षदेखि व्यापार गर्छन् । उनी विजय बस्ती आउँदा एम्बुलेन्स राम्रैसँग चलेको देखेका थिए ।

भारतीय दूतावासले नै अनुदानमा दिएको सेढवाको एम्बुलेन्स सञ्चालनमा छ । तर विजय बस्तीको झाडीमा थन्किएको उनी बताउँछन् ।‘स्वास्थ्य चौकीमार्फत सञ्चालनमा थियो, बिग्रेपछि कसैले वास्ता गरेनन्, त्यतिकै थन्किएर बसेको छ,’ उनले भने, ‘बीचमा विजय बस्तीका युवाहरुले चन्दा संकलन गरेर मर्मत गराएको भए पनि फेरि बिग्रिएपछि कसैले बनाएनन् ।’ बिग्रिएको एम्बुलेन्स साढे दुई लाख मर्मत गरेर सञ्चालनमा ल्याएको तर फेरि बिग्रिएपछि मर्मत गर्न नसकेर थन्किएको स्थानीय कुलबहादुर श्रेष्ठ बताउँछन् । उनी पछिल्लो पटक गठन गरिएको दिलबहादुर श्रेष्ठ संयोजक रहेको एम्बुलेन्स सञ्चालक समितिमा सदस्य थिए ।

‘बीचमा मर्मत गरेर चलाएका थियौं, कोरोना महामारीअघि हुनु अघिसम्म चल्दै थियो,’ उनले भने, ‘मर्मत सम्भार खर्च उठाउन सकेन । गाउँपालिकाले पनि सहयोग गरेन, त्यसपछि थन्किएको बेवारिसे अवस्थामा छ ।’ एक डेढ लाख खर्च गर्ने हो भने एम्बुलेन्स सञ्चालनमा आउने दाबी उनको छ । ‘चक्का हामीले फेरेका थियौं, रंगरोगन गरेकाले बडी पनि ठीकै छ । इन्जिन र हृयान्डिल मर्मत गर्दा एकरडेढ लाख खर्च लाग्न सक्छ, तर चल्ने अवस्थामा नै छ,’ उनले भने, ‘गाउँपालिकाले नै एम्बुलेन्स भाडा सस्तो गरिदिएकोले मेन्टेन गर्न सकेनौं । सधैं चन्दा उठाएर मर्मत गर्न सक्ने कुरा भएन, त्यसैले चुपचाप बसेका छौं ।’