news-details
अन्तरास्ट्रिय

Share this post!

१७ वर्षीय किशोरको मुत्रथैलीबाट निकालियो एक किलोको पत्थरी

भारतको मुम्बइमा डाक्टरहरुले एकजना किशोरको शल्यक्रिया गरी मुत्रथैलीबाट एक किलोको पत्थरी निकालेका छन् ।कलकत्ताका बासिन्दा रुबेन नामका ती १७ वर्षीय युवकको शरीरबाट एक किलोको पत्थरी निकालिएको घटना अहिले चर्चाको विषय बनिरहेको छ । उनको मुत्रथैलीबाट निकालिएको पत्थरको आकार एउटा ठूलो नरिवल जस्तै छ ।रुबेनको मुत्रथैलीमा जन्मदेखि नै एक विशेष प्रकारको रोग थियो, जसको नाम एक्सट्रफी एपिस्पेडियाज कम्प्लेक्स अर्थात् इइसी हो । यो निकै दुर्लभ रोग हो, जुन एक लाख मानिसहरुमध्ये एक जनामा हुन्छ । यस्तो समस्या भएको व्यक्तिले सामान्य तरिकाले पिसाब फेर्न सक्दैन । पिसाब चुहिरहने समस्या हुन्छ ।रुबेनले सुरुदेखि नै यो समस्या झेलिरहेका थिए । झण्डै १५ वर्ष अघि पनि उनको मुत्रथैलीको शल्यक्रिया गरिएको थियो र थैलीको आकार बढाइएको थियो । तर उनको समस्या समाधान भएन र थैलीमा पत्थरी जम्दै गयो र समस्या बढ्दै गयो । उनले पिसाब रोक्नै नसक्ने भए र मुत्रथैलीमा दुखाइ पनि बढ्दै गयो ।त्यसपछि उनी आफ्नो पहिलो शल्यक्रिया गर्ने मुम्बइस्थित डाक्टरलाई फोन गरेर आफन्तसँगै मुम्बइ गए । ती डाक्टरसहितको टिमले शल्यक्रिया गरेर उनको मुत्रथैलीबाट क्याल्सियम अक्जालेट पत्थरी निकाले जुन डल्लाको तौल झण्डै एक किलो थियो ।पत्थरी बाहिर निकालेसँगै डाक्टरहरुले मुत्रासयको तन्किएको भाग पनि ठिक पारे । शल्यक्रिया गरेपछि ती किशोर पूर्णरुपमा स्वस्थ भएको बताइन्छ ।